२०८१ बैशाख १२ , बुधवार

शिवपुरी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

प्रवीण थपलिया/ नुवाकोट । शिवपुरी गाउँपालिकाले एसई र कक्षा १२ परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ ।सोमबार गाउँपालिका कार्यालय सेरावगरमा आयोजित कार्यक्रममा ३ विद्यार्थी, १७ शिक्षक र ७ विद्यालयलाई सम्मान गरेको हो ।

No description available.
शिवपुरी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट २०७८ सालको एसईइ तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रमाणपत्र र खादाद्वारा सम्मान गरिएको हो । एसई परीक्षामा क्रमशः प्रथम र द्वितीय हुने कुम्भेश्वर माविकी छात्रा सुजिता लामा र नविना न्यौपाने र कक्षा १२ मा उत्कृष्ट हुने जानकी माविकी छात्रा मनिता तामाङलाई प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो ।

No description available.

त्यस्तै सम्मानित हुने शिक्षकहरुमा कुम्भेश्वर माध्यमिक विद्यालयका चन्द्र राज सेढाई, उषा गुणी थपलिया, मानबहादुर विष्ट, रमेश जैसी, तथा प्रअ माधव ठकुरी ,जानकी माध्यमिक विद्यालयबाट , नारायण थापा, शर्मिला थापा, निराजन मान अमात्य ,उत्सव राज खडका र नरेन्द्र बहादुर बोगटी, जनज्ञान निकेतन मा वि बाट अर्जुन प्रसाद लामिछाने र श्रीराम पाठक,समुन्द्रा मा वि वाट सुधा खड्का बखती र निरु तामाङ्ग भुमेदेवि मा वि बाट पञ्चे लोप्चन र चक्र बहादुर भण्डारी कालिकादेवी मा वि बाट मधुसुधन खतिवडा रहेका छन्।

No description available.

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको सभापतित्वमा आयोजित माध्यमिक तह स्तरिय बक्तृत्वकला प्रतियोगिता तथा कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयल सम्मान कार्यक्रममा गा.पा. उपाध्यक्ष वीर बहादुर तामाङ्ग ,प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्की तथा विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।