२०८१ बैशाख ६ , बिहिवार

चार दिनमा तोलामै ४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्य चार दिनमा  प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको छ । गत फागुन २५ गते छापावाला सुनको मूल्य १ लाख १ हजार रुपैयाँ कायम भएकोमा निरन्तर बढेर मंगलबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

 

मंगलबार  प्रतितोला १६ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य चार दिनमा प्रतितोला ८० रुपैयाँले बढेको छ । गत फागुन २६ गते चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको थियो ।

त्यसपछि निरन्तर बढेर फागुन २८ गते १२ सय ४५ रुपैयाँ, फागुन २९ गते १२ सय ५५ रुपैयाँ कायम भएको थियो । मंगलबार पनि पुनः ४५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ ।