२०८१ बैशाख १४ , शुक्रवार

नजिकिँदै स्ववियु निर्वाचन

शिवानी मगर/ काठमाडौं
राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएको छ । आगामी साता अर्थात चैत ५ गते हुने निर्वाचनको मिति नजिकिएसंगै विभिन्न विद्यार्थी संघ-संगठनहरुले आ आफ्नो घोषणा पत्रका साथै उमेरध्दार छनोट गरि प्रचारप्रसारलाई तिव्रता दिएका छन् ।
अन्इ क्याम्पसहरुमा जस्तै राजधानी काठमाडौंको बागबजारमा अवस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा पनि विभिन्न संगठनका प्रतिस्पधि हरु चुनावका लागि तयारी अवस्थामा जुटेका छन् । उनीहरुले आआफ्नो पक्षलाई जिताउन विद्यार्थीको मत माग्न थालेका छन् ।

पद्द्मकन्या क्याम्पस महिलाहरुको पहिलो रोजाईको क्याम्पस हो । देशको राजधानीमा रहेको हुदा यस क्याम्पसको परिवर्तनको लागि, शैक्षिक तथा प्रशासनिक त्रुटीहरुलाई सच्याउइ परिमार्जन गर्नका लागि सम्पूर्ण विद्यार्थी समूहहरु लागि परेका छन्।

शैक्षिक प्रणालीलाई प्रविधि मैत्री बनाउने ,विद्यार्थीको व्यक्तिगत तथा प्रशासनिक समस्याको समाधान गर्ने ,अपांग मैत्री भवन निर्माण गर्ने ,इलाइब्रेरीको व्यवस्था गर्ने ,दलित ,जनजाति तथा आदिवासी जात वा वर्गलाई समेटेर नेत्तृत्ववान् बनाइ राज्यको पहुँचसम्म पुर्‍याउने, प्रत्येक महिना एक विद्यार्थी एक सेनेटरी प्याड उपलब्ध गराउने ,फोहोरमैलाको उचित ठाउँमा व्यवस्थापन गरि क्याम्पसलाई देशकै नमुना र उच्च शिक्षाका लागि महिलाहरुको पहिलो रोजाइ बनाउने प्रतिवद्धता सहित उनीहरु अगाडि बढेका छन् ।

 

सो कलेजका विभिन्न संघ-संगठनका प्यानलहरु चुनावी मैदानमा छन् । महिलाहरु मात्रै अध्ययनरत सो कलेजमा विद्यार्थी युनियनको चुनावलाई निकै महत्वका साथ हेरिन्छ ।