२०८१ बैशाख ८ , शनिवार

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

सुनाखरी न्युज/ काठमाडौं । स्ववियु निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले तोडेको छ । जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरूमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला तोड्न सुरु गरेको हो ।

 

चितवन प्रहरीका डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ । जसअनुसार भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका छन । चितवनका अन्य क्याम्पसहरूको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले जानकारी दिए ।

 

चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनलाई समेत ताला तोडेर निर्वाचन प्रक्रिया सहज बनाउन अनुरोध गरेको छ ।