२०८० चैत्र १५ , बिहिवार

नेपाली कांग्रेसको परिकल्पना समुन्नत नेपालको मार्गचित्र

किरण गिरी । नेपाली राजनीतिक इतिहासको सात दशक नियाल्दा लोकतान्त्रिक आन्दोलनको संबाहक हो नेपाली कांग्रेस ।लोकतान्त्रिक समाजबाद र आर्थिक बिकासको अभियन्ता हो नेपाली कांग्रेस अनि सामाजिक रुपान्तरण उत्प्रेरक पनि हो नेपाली कांग्रेस । अब समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर अगाडि बढेको छ नेपाली कांग्रेस ।

नेपाल को सबभन्दा ठुलो पुंजी भनेको जनता जनार्दन नै हुन । हाम्रो भुबनोटले उर्जा , कृषि ,पर्यटन र सूचना प्राविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना बोकेको छ । बिश्वकै आर्थिक गुरुताकर्षण एसिया तिर सर्नु भनेको निर्यात , प्रत्यक्ष बिदेशी लगानी , मध्यम बर्गिय पर्यटक र सहुलियत पुर्ण पुंजीको उपलब्धता बिकास प्रयत्नका लागी अनुकुल छन । यसरी बिकासको नतिजा उत्पादकत्वको वृद्धि , औपचारिक क्षेत्रको बिस्तार , सामाजिक गतिशीलता र सुशासन सुचकहरुमा मात्र होइन आम नेपाली जिबनस्तरमा नै झल्कनु पर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । हामीले जनता घरदैलो जादा यहि संकल्प समेत गरेका छौ ।

समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर हामी आएका छौं । हामीले राजनीतिक क्षेत्रमा फड्को मार्‍यौं अब मुलुक र जनताको बिकास र समुन्नतिमा आक्रमक एजेन्डा लिएर युबाबर्ग लाई समेटेर अगाडि बढ्नु हाम्रो अहं र प्रमुख दायित्व हो ।
अबको समुन्नत नेपालको स्पष्ट मार्गचित्र :-
१.समुन्नतिका सैद्धान्तिक आधार ।
-लोकतन्त्र को सुदृढीकरण र सुशासन ।
-समावेशी आर्थिक सामर्थ्य ।
– समन्यायिक समाज र सांस्कृतिक सहस्तित्व ।
-जलबायु परिवर्तन ,बाताबरण र बिपद ब्यबस्थापन ।
-सार्बभौमिक समानता र अन्तर्राष्ट्रिय भुमिका ।
२. तत्कालीन आर्थिक एजेन्डा :-
-आयात कर्जा र मुद्रास्फ्रीतिको चाप ।
– सार्बजनिक आय र खर्च ।
– औद्योगिक पुर्बाधार , नेपाली उत्पादन र डिजिटलाइजेसन ।
– रोजगारीका लागी सीप ।
– स्वच्छ उर्जा को क्षेत्रीय खपत ।
३ तत्कालीन भौतिक पुर्बाधारका एजेन्डा :-
– यातायात ।
– उर्जा ।
– सिंचाइ ।
– खानेपानी ।
– सञ्चार ।
४ . बित्तीय क्षेत्रमा व्यापक सुधार र ब्यबस्थापन :-
मुलुक र जनताको बित्तीय सूचकांक अत्यन्तै निरासाजनक देखिएको बर्तमान अबस्था लाई व्यापक सुधार र परिबर्तन गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । आजको चुनौती पुर्ण बित्तीय अवस्था बाट मुलुक लाई अत्यन्तै आबश्यक देखिएको छ ।
नेपाली कांग्रेस यो सुधार र परिवर्तन गर्न सक्षम छ ।
बिस्वस्निय आर्थिक सुधारको जगमा बिदेशी तथा स्वदेशी लगानीको अभुतपुर्ब बाताबरण सृजना गर्दै अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सहुलियतपुर्ण बित्तीय सायताहरुको अधिकतम परिचालन गर्ने र घाटा बजेट एबं सार्बजनिक ॠणको समेत इमानदारीता पुर्बक जिम्मेवार ढंगले परिचालन गरेर मात्रै समुन्नतिको न्युनतम आधार तयार हुन्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा र दृष्टिकोण रहेको छ ।
नेपाली कांग्रेसको यही धारणा र दृष्टिकोण लाई सफल रूपमा कार्यान्वयन गर्नु र गराउन प्रतिबद्ध रहनु नेपाली कांग्रेसका हामी सबै नेता र कार्यकर्ता दायित्व जिम्मेवारी समेत हो ।
लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।