२०८१ बैशाख ७ , शुक्रवार

पाकिस्तानमा पोलियो खोप अभियान सुरु

सुनाखरी न्युज/ काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते ( अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् ।

 

युनिफाइ नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले बताए ।‘साधारण टिकटको १ हजारदेखि माथि र भीआइपी टिकटको २ हजार रुपैयाँभन्दा बढी हुन सक्नेछ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ उनले भने । प्रि बुकिङका लागि सम्पूर्ण टिकट इ–सेवाबाट प्राप्त गर्न सकिन्छ । सिंहका चर्चित गीत ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने श्रेष्ठले जानकारी दिए ।

 

सिंह भारतमा संगीत कम्पोजर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनी सांगीतिक क्षेत्रमा लागेपछि भांग्रा र हिप हप गीत पनि गाएका छन् ।