२०८० चैत्र १५ , बिहिवार

फिल्म ‘बुलाकी’ को पहिलो गीत ‘नाच सुवा नाच’यस्तो छ

सुनाखरी न्युज/ काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्का अभिनीत फिल्म ‘बुलाकी’ को पहिलो गीत ‘नाच सुवा नाच’ सार्वजनिक भएको छ ।

 

गीतमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेको समेत अभिनय देख्न सकिन्छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मको गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर दिएका छन् । लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा कथा बनाइएको छ ।

 

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास लगायतको फिल्ममा अभिनय छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्म डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा छायांकन भएको छ ।