२०८१ बैशाख १३ , बिहिवार

सगुन खाँदै छोरीको घर प्रवेश गरिन् निवर्तमान राष्ट्रपति

सुनाखरी न्युज/ काठमाडौं । शीतलनिवासबाट बिदाइ गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी छन् । बुढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्न पुगेकी हुन् ।

 

घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खाएकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँग भण्डारीले शीतलनिवास छाडेकी हुन् ।

 

नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको थियो । साथै भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।