२०८१ बैशाख ४ , मंगलबार

मेयर बालेन लन्डन जाँदै

Balen

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आज लण्डन जाने भएका छन् ।

 

फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली लण्डन जान लागेको हो । उनको टोलिमा वडा नम्बर २४ का अध्यक्ष विनोद भण्डारी ,मेयर शाहका प्रमुख स्विकिय सचिव भुपदेव शाह,महानगरका जनस्वास्थ प्रमुख डा.जगदिशप्रसाद जैसवाल रहने छन् ।

 

यसैबीच मेयर शाहले महानगरको कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिएका छन् ।