२०८१ बैशाख ७ , शुक्रवार

७९ रनमै पीएनजीले गुमायो ६ विकेट

 

सुनाखरी न्युज / टस हारेर नेपालविरुद्ध ब्याटिङमा उत्रिएको पीएनजीले ६ विकेट गुमाएको छ । २३।१ ओभरमा ७९ रन जोड्दा पीएनजीले छैटौं विकेट गुमाएको हो ।

२२।५ ओभरमा नेपालका लेग स्पीनरले पीएजनीका चाल्र्स अमिनीको विकेट लिएका हुन् । २२।५ ओभरमा ललित राजवंशीले रिले हेकुरेको विकेट लिएका थिए ।

सन्दीपले १९।१ ओभरमा असद भालाको विकेट लिएका हुन् । ३१ बलमा २० रन बनाएर खेलिरहेका भालालाई सन्दीपले ललित राजवंशीमार्फत क्याचआउट गराएका हुन् । १३।६ ओभरमा सन्दीपले पीएनजीका सेसे बाउलाई पनि आउट गराएका थिए ।