२०८१ बैशाख ८ , शनिवार

‘प्रसाद २’ मा अर्पणको खलनायकी अभिनयको तारिफ

सुनाखरी न्युज /  काठमाडौँ  –  पछिल्लो समय अर्पण थापा फिल्ममा भिलेनको रुपमा लगातार देखिन थालेका छन् । केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन २’ मा पनि उनले भिलेनको अभिनय गरेका थिए । फिल्मले ब्यवसाय नगरेपनि उनको अभिनय तारिफ भएको थियो । यसपटक, खलपात्रको रुपमा निश्चलको स्थानमा अर्पण थापा भित्रिएका छन ।

 

सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । फिल्मलाई सामाजिक सञ्जाल अथवा हलमा हेरेका दर्शकले यो फिल्म प्रतिक्षित बनेको बताइरहेका छन् ।

 

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ । तर, यसपटक खलपात्रको रुपमा भित्रिएका अर्पण थापाको भूमिका, उनको अभिनय र संवाद बोल्ने शैलीले दर्शकमाझ नयाँ चर्चा पाइरहेको छ । ट्रेलरमा रहेको अर्पण थापाको संवाद, उनको फरक शैलीको गेटअपले दर्शकलाई आकर्षित गरेको छ । फिल्ममा नायक विपिन कार्की, अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका छ ।

 

 

फिल्ममा विपिन र केकीसँग अर्पणको दुश्मनी देखाइएको छ । अर्पणको एक गल्तीले विपिन र केकीको जीवन छिन्न भिन्न भएको कथा ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । सुशिल पौडेलको लेखन रहेको फिल्म चैत्रको २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।