२०८१ बैशाख ११ , मंगलबार

आज पनि उकालो लाग्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी गो १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।