२०८१ बैशाख १२ , बुधवार

राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपतिलाई पद हस्तान्तरणसँगै भोलि निवास सर्ने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि निवास छोड्ने तयारी गरेकी छन् ।

 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार सोमबार  भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरेकी हुन् । राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ । शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने बताइएको छ ।

 

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबारै शपथ लिने कार्यक्रम तय छ । पौडेलको शपथग्रहण शीतलनिवासमै हुनेछ । उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । शपथपछि पौडेल सात वर्षका लागि शीतलनिवासमा बस्नेछन् ।