२०८१ बैशाख ७ , शुक्रवार

राष्ट्रपति पौडेलले दिए कांग्रेसको जिम्मेवारीबाट राजीनामा

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

 

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् ।

 

कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताए ।