२०८१ बैशाख १४ , शुक्रवार

प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने

 

सुनाखरी न्युज /  काठमाडौं  – उपराष्ट्रपतिको उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भएकी छन । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले यादवको उम्मेदवारी फिर्ता हुने जानकारी दिए । निर्वाचन आयोगका अधिकारीले राष्ट्रपतिमा पुरूष उम्मेदवार भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताएपछि सत्ता गठबन्धन दल जसपाले पुरूष र महिला दुवै उम्मेदवार उठाएको थियो । जसपाबाट राम सहाय यादव र प्रमिला यादवले उम्मेदवारी दिएका थिए ।

 

उपराष्ट्रपतिमा राम सहायले उम्मेदवारी दिएपछि उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उनीविरूद्ध उजुरी दिएका थिए ।

 

त,निर्वाचन आयोगले आज यादवको उम्मेदवारी यथावत रहने निर्णय गरेपछि प्रमिलाले उम्मेदवारी फिर्ता लिन लागेकी हुन्। आयोगले खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने भएकाले उनको उम्मेदवारी कायमै राख्ने जनाएको छ ।