२०८१ बैशाख १५ , शनिवार

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

सुनाखरी न्युज/ काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

 

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

 

दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।