२०८१ बैशाख १३ , बिहिवार

युएईविरूद्ध नेपालको खराब सुरुवात

सुनाखरी न्युज/ काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाइसकेको छ।

 

ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल आउट हुँदा कुशल मल्ल पनि आउट भएका छन्। आशिफ शून्यमा आउट भएका थिए। उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे। यस्तै अर्का ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए। उनी पाँचौ ओभरको तेस्रो बलमा युएईका आयान खानको डलबिडब्लूको धरापमा परे।

 

यस्तै आठौं ओभरको पहिलो बलमा कुशल मल्ल ९ रनमै आउट भए। नेपालले ७.१ ओभरमा तीन विकेट गुमाउँदा २२ रन बनाएको स्थिति थियो। कप्तान रोहित पौडेल र भीम सार्की ब्याटिङ गरिरहेका छन्।