२०८३ बैशाख २७ , आइतवार

टाटा मोटर्सको नेपालभर रहेका शोरूम मा एकै साथ् एक्सचेन्ज क्याम्प

सुनाखरी न्युज/ काठमाडौं । फाल्गुन महिनाको २६, २७ र २८ गते नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरु मा “The Electrifying Exchange” विशेष एक्सचेन्ज क्याम्प चलिरहेको छ।

ग्राहकहरुका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाईनेछ।

अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभि र टिगोर ईभिको माग एकदम बढ्दो क्रममा छन्। र यहि मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरु संग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभि संग साट्न सकिने छ, र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने छ। यो सुविधा सिमित अवधिका लागि फाल्गुन २८ गते सम्म टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ।