२०८१ बैशाख १३ , बिहिवार

कामना जागरण महिला समुहमा बविता

शिशिर पौडेल / पोखरा । पोखरा महानगरपालिका वडा नं १ बगरमा रहेको कामना जागरण महिला समुहको सम्पन्न साताैँ वार्षिक साधारणसभा तथा चाैथाे अधिवेशनले बबिता आचार्य तिमिल्सिनाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।

 

समुहको प्रथम उपाध्यक्षमा उमा पाेखरेल पण्डित , द्वितीय उपाध्यक्षमा रत्ना पाैडेल, सचिवमा मञ्जु अधिकारी पाेखरेल, काेषाध्यक्षमा मालिका पराजुली , सहसचिवमा मिना पाैडेल, सह- काेषाध्यक्षमा बिमला शर्मा , सदस्यहरुमा गिता गाैतम अधिकारी , मनिषा अाचार्य, लक्ष्मी लम्साल , गाेमा श्रेष्ठ , अनिता पण्डित र सरिता लामिछाने पाैडेल चयन हुुनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष साहारा प्रधानले समाजको विकास र रूपान्तरणमा महिला समुहको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो।

कार्यक्रममा समुहका संस्थापक अध्यक्ष सावित्री पौडेल , समाजसेवी जीवन अधिकारी लगायतले निवर्तमान कार्यसमितिले सफलता पुर्वक आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। समुहले महिला लक्षित विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको बताइएको छ।