२०८१ बैशाख ८ , शनिवार

सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजक

सुनाखरी न्युज/ काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकका रुपमा रहने भएको छ। यो कार्यक्रम यही चैत २ गतेदेखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ।

 

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडी क्लबका निर्माता की इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ। सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहीबार बेलुकी ९ बजे प्रसारण गरिने भएको छ। यस कार्यक्रमका मुख्य पात्रका रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाका साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ। कार्यक्रमको निर्देशन दिनेश डीसीले गर्ने भएका छन्।

 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।