२०८१ बैशाख १३ , बिहिवार

उपराष्ट्रपतिको उम्मेदवारबारे आठ दलको बैठक बसेर निर्णय गर्ने,को को हुन् संभावित उम्मेदवार ?

सुनाखरी न्युज/ काठमाडौँ ।

आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने सबैलाई धनयवाद दिएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार  बसेको अनितम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षा गर्दै सबै मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमहरुलाई धन्यवाद दिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले जानकारी दिए ।

‘आठ दलका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिएर विजयी गराउने सबै माननीय सदस्यहरुलाई आभार प्रस्ताव पारित गर्यौ, त्यसैगरी सुरक्षाकर्मी, निर्वाचन आयोग र सञ्चारकर्मीहरु समेतलाई धन्यवाद व्यक्त गर्यौ’, खड्काको भनाइ छ ।

उनले उपराष्ट्रपतिको उम्मेदवारबारे मनोनयन अघि आठ दलको बैठक बसेर औपचारिक निर्णय गरिने बताए ।