२०८१ बैशाख १५ , शनिवार

‘भीर माहुरी’मा प्रियंकाको रोमान्स

सुनाखरी न्युज/ काठमाडौं ।गायिका अन्जु पन्तको नयाँ गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ । मोहन थापाको शब्द र आरसी रिमालको संगीत रहेको गीतमा गायिका पन्तलाई स्वरमा आरसीले साथ दिएका छन् ।

 

डान्सिङ शैलीमा तयार गीतको भिडियोमा मोडल रोशन केसी र अभिनेत्री प्रियंका कार्कीको अभिनय छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन भिडियो छ । भिडियोमा रोशन र प्रियंका प्रेमील जोडीको रुपमा भिडियोमा प्रस्तुत भएका छन् ।

 

उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।