२०८१ बैशाख ७ , शुक्रवार

बाघको पुच्छर छुने हुँदा गयो ज्यान

सुनाखरी न्युज/ काठमाडौं । भारतको मध्य प्रदेशमा रहेको खाडगोनमा एक व्यक्तिले बाघको पुच्छर छुने हुँदा ज्यान गुमाउनुपरेको छ ।

 

सन्तोष नामक ती कृषकले गाउँमा आइपुगेको बाघको पुच्छरमा लट्ठी हानेका थिए । बाघले कस्तो प्रतिक्रिया जनाउँछ भनी उनले हिर्काएको वन अधिकारीहरूले बताए । त्यसपछि बाघले उनको गर्दनको पछिल्लो भागमा झाप्पु हानेर गहिरो घाउ बनाइदियो । सन्तोषलाई अस्पताल लगिएको थियो र उनको मृत्यु त्यहीँ भयो ।

 

आक्रमण गर्ने बाघ त्यहाँबाट जंगलतर्फ भाग्यो । त्यसलाई पत्ता लगाउन सकिएको छैन । वन विभागले गाउँलेहरूलाई जंगलतर्फ नजान र बाघलाई नचलाउन आग्रह गरेको छ । उक्त बाघ महाराष्ट्रको यवाल वन्यजन्तु आरक्षबाट खाडोगनमा रहेको चिडिया वन परिसरमा आइपुगेको वन अधिकृतहरू बताउँछन् । एजेन्सी