२०८१ बैशाख ७ , शुक्रवार

सगरमाथा जलविद्युतकाे सेयर बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकक लागि निष्कासन गरेको सेयर बाँडफाँड भएको हो ।

 

ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरूको लागि निष्कासन गरेको ११ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरेको प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । क्यापिटलकाअनुसार नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि निष्कासन गरिएको ४ लाख ३६ हजार ८ सय कित्ता सेयर पनि बाँडफाँड गरिएको हो ।

 

स्थानीयबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी सेयर बाँडफाँड गरिएको हो ।

 

यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि १० कित्ता देखि ३० कित्ता सम्म आवेदन दिने आवेदकहरूलाई माग बमोजिम ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरूलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने ९ हजार ५ सय ४१ जना मध्ये गोलाप्रथाबाट ६ हजार ८ सय ३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८ सय कित्ता सेयर बाँडफाँड भएको हो ।