२०८१ बैशाख ११ , मंगलबार

प्रचण्डको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ ।

 

न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार सुनुवाई हुँदैछ । बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

 

रिटमाथि सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार तोकिएको पेसी हेर्न नभ्याइने भन्दै शुक्रबारलाई सारिएको हो ।