२०८१ बैशाख ११ , मंगलबार

आजबाट सानिमा मिडिल तमोरको आइपिओ निष्कासन

IPO

सुनाखरी न्युज/ काठमाडौं । सर्वसाधारणका लागि सानिमा मिडिल तमोर हाइड्रोपावरले आज (फागुन २६ गते)देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

 

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकेको छ। बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उक्त आइपिओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा चैत १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर (मेरो सेयरु अनलाइन प्रयोग गरी सी)आस्बा प्रणलीमार्फत आवेदन दिन सक्नेछन्।