२०८१ बैशाख ११ , मंगलबार

फेरी उकालो लाग्यो सुनको भाउ

Gold

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।