२०८१ बैशाख १३ , बिहिवार

‘द भ्वाइस किड्स नेपाल सिजन-२’को प्रसारण आजदेखि सुरु हुँदै

सुनाखरी न्युज/ काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण आजदेखि सुरु हुँदैछ । पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरियो ।

 

यसपटकको सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । प्रमोदसहित प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा निरन्तर हुनेछन् । कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । निर्देशक पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ ।

 

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । टाइटल स्पोन्सरमा ‘रियल फुट जुस’ रहेको छ । यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफब्वाय र अलआउट अनुबन्ध भएका छन् भने को–स्पोन्सरमा वात्सल्य नेचुरल आईभीएफ रहेका छन् ।