२०८१ बैशाख १३ , बिहिवार

आइएमईको “महिला सशक्तिकरण अभियान”निर्माण उपकरणबारे सैद्धान्तिक र व्यावहारिक सत्रहरूको निःशुल्क तालिम

सुनाखरी न्युज/ काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियान अन्र्तगत सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान सहितको निःशुल्क तालिम प्रदान गरिनेछ ।

 

उक्त तालिम मार्फत महिलाहरू लाई ब्याकहोलोडर चलाउने सीप हासिलगर्न, सवारी साधनको इजाजत पत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीकाअवसरहरू खोज्न मद्दत गर्ने उद्देश्यकम्पनीले लिइएको छ । यस्ताअभियानहरुले महिला सशक्तिकरणमा जोड दिदै परम्परागत मान्यतामा परिवर्तन आउनेकम्पनीले विश्वास लिइएको छ ।

आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, “निर्माण उद्योगमामहिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ।“ “यो निःशुल्कतालिमप्रदान गरेर, हामीमहिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं।“ यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाहरूका लागि खुला हुनेछ। तालिमको अन्त्यमा, सहभागीहरूले पूर्णताको प्रमाणपत्र प्राप्तगर्नेछ, जसलाई सम्भावित रोजगारदाताहरू लाई आफ्नो नयाँ प्राप्त सीपहरू प्रदर्शन गर्न प्रयोग गर्न सकिनेछ।