२०८१ बैशाख ८ , शनिवार

दुग्ध पदार्थकाे मूल्य बढ्याे

सुनाखरी न्युज/ काठमाडौं । दूग्ध पदार्थको उपभोक्ता मूल्य बढेको छ । निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् । यसैगरी, पनिरको मूल्य प्रतिकिलो १४० रुपैयाँले र घ्यूको प्रतिलिटर २०० रुपैयाँले महंगिएको छ । यसका साथै निजी डेरीहरुको संस्थाले एक लिटर दहीमा २५ रुपैयाँले वृद्धि गरेको छ ।

 

गत साता नेपाल सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियाे । साेही क्रममा बिहीबार निजी डेरीहरुले दूग्धजन्य पदार्थको मूल्य मनपरी बढाएका छन् । मूल्यवृद्धिपछि अब एक लिटर प्रशोधित दूधको लागि १०० रुपैयाँ तिर्नुपर्नेछ ।

 

यसैगरी, एक लिटर दही किन्न १९० रुपैयाँ खर्च गर्नु पर्ने भएकाे छ । नयाँ मूल्य सूची अनुसार एक केजी पनिरको ८४० रुपैयाँ र घ्यूको मूल्य प्रतिलिटर एक हजार तीन सय रुपैयाँ पुगेकाे छ । नयाँ मूल्य देशभर दूधकोलागि शुक्रबारबाट तथा दही, घ्यू, पनिरकाे शनिबारबाट लागू हुनेछ ।