२०८१ बैशाख ११ , मंगलबार

लगानीकोषद्धारा सिएसआर अन्तर्गत ७ लाख ५० हजार प्रदान

सुनाखरी न्युज/ काठमाडौं । नागरिक लगानी कोषले ३३ औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ ।

ति संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामाग्री खरिद गर्न १ लाख ५० हजार रुपैँयाको चेक प्रदान ग¥र्यो । त्यसैगरी स्वास्थ्य क्षेत्र तर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका विरामीहरुको पुर्नस्थापनको लागि फिजियोथेरापी, एम्वुलेन्स र एकिकृत स्वस्थ्य शिविर संचालनमा सहयोग पु¥याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल,शंखरापुर काठमाडौँलाई २ लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको छ ।

त्यसैगरी कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्वन्धी कार्यको लागि २ लाख रुपैँयाको चेक प्रदान गरेको छ । यो भन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराईरहेको पदमपुर आधारभुत बिद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगत देखी नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दे आइरहेको र आगमी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताउनुभयो ।