२०८१ बैशाख ७ , शुक्रवार

लाट्भियामा मापसे गरी चलाइएका गाडी युक्रेन पठाइँदै

सुनाखरी न्युज/ काठमाडौं । लाट्भियाले टन्न रक्सी पिएर चलाउने व्यक्तिहरूको गाडी नियन्त्रणमा लिएर युक्रेन पठाउन थालेको छ । सयौं गाडीहरू बग्गीखानामा भरिन थालेपछि त्यसलाई युक्रेनी सेना र अस्पताललाई दिने निर्णय लाट्भिया सरकारले लिएको हो ।

 

बुधवार सातवटा कारलाई ट्रेलरमा राखेर युक्रेनतिर पठाइएको हो । विगत दुई महिनामा रक्सी पिएर हाँक्ने चालकहरूको २०० वटा कार खोसिएको हो । ‘मापसे गरेर चालकहरूले गाडी चलाइरहेको देख्दा डर लागेको छ,’ ट्विटर कन्भोय नामक एनजीओका संस्थापक रेनिस पोज्नाक्सले बताए ।

 

उनको संस्थाले सरकारलाई बरामद गरिएको गाडी युक्रेन पठाउन आग्रह गरेको थियो । बरामद गरिएका गाडीहरू प्रत्येक हप्ता युक्रेन पठाइने भएको हो ।एजेन्सी