२०८१ बैशाख १३ , बिहिवार

बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’

सुनाखरी न्युज/ काठमाडौं । बाढीजन्य विपद्मा उद्धारका लागि बैतडीमा पहिलोपटक ‘रबर बोट’ उपलब्ध भएको छ ।

 

तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित गृहमन्त्रालयको समन्वय तथा विश्वखाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई ‘रबर बोट’प्राप्त भएको हो ।

 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार महाकाली, चमेलिया जस्ता ठूला नदीमा विभिन्न घटना भइरहने तर ‘रबर बोट’को अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबर बोट’ले सहयोग पुग्नेछ । उक्त ‘रबर बोट’लाई सीमा नाका झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीमा राख्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस