२०८० चैत्र १६ , शुक्रवार

हरेक महिनाको २५ गते ईसेवामार्फत इन्स्योरेन्सको प्रिमियम भुक्तानी तिर्दा रु. २०० क्याशब्याक

सुनाखरी न्युज/ काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’ को रूपमा मनाउने भएको छ ।

 

यस अफर अन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्सको प्रिमियम बुझाउँदा २०० रूपैयाँसम्म क्याशब्याक पाइने कम्पनीले जनाएकाे छ । इन्स्योरेन्सको प्रिमियम अनलाइनमार्फत भुक्तान गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित कम्पनीले याेजना ल्याएकाे हाे । ईसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आईओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत भुक्तानी सेवा दिइरहेको छ ।

 

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।