२०८१ बैशाख ७ , शुक्रवार

टिपरको ठक्करबाट दुईजना पत्रकारको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का छन् ।श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।

 

बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा पुनम श्रेष्ठ घाइते छिन् । उनलाई उपचारका लागि ग्रान्डी अस्पताल पठाइएको छ ।