२०८१ बैशाख १३ , बिहिवार

गोरखामा महिला अधिकार र मानव अधिकारका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखा र गोरखा नगरपालिका वडा नं १३ को संयुक्त आयोजनामा वुधबार गोरखा नगरपालिका वडा नं १३ को रामशाह टोलमा ‘महिला अधिकार–मानव अधिकार, ब्यवहारमा समानता – अधिकारमा समानता’ बिषयक छलफल कार्यक्रम सम्पन्न भयो ।

मानव अधिकार तथा शान्ति समाज गोरखाकी सभापति गोमा दुवाडीको अध्यक्षता र गोरखा नगरपालिका वडा नं १३ की अध्यक्ष मिधत्राकुमारी परियारको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसमा अवसरमा आयोजित सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले कार्यक्रमको बिषयमाथि जानकारी गराउनुका साथै सहभागिहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सचिव सितारम तिमल्सिना, स्थानिय प्रेम कुमारी थापा, पवित्रा भुजेल, सम्झना अधिकारी, मित्रा परियाल, गोमा दुवाडी लगायतले मनतब्य ब्यक्त गर्नुभएको थियो ।