२०८० चैत्र १५ , बिहिवार

तोलामा ५०० सयले सस्तियो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।