२०८० चैत्र १६ , शुक्रवार

वरिष्ठ अभिनेत्री भुसालले ४ महिला पत्रकारलाई गरिन् सम्मान

सुनाखरी न्युज/ काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धारा भुसालले ४ महिला रंग पत्रकारलाई सम्मान गरेकी छन् । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको एक कार्यक्रममा एकसाथ ४ महिला पत्रकारलाई ‘महिला चलचित्र पत्रकारिता सम्मान २०७९’ बाट समान गरिएको हो ।

 

सम्मानित हुनेमा जयन सुब्बा मानन्धर, बिना श्रेष्ठ, सबी कार्की खड्का र शिल्पा अधिकारी रहेका छन् । संघकी महिला उपाध्यक्ष सुरक्षा भट्टराईको संयोजकत्व रहेको कार्यक्रममा फिल्म क्षेत्रमा महिलाको विषयमा अन्तरक्रिया समेत आयोजना भएको थियो । कार्यक्रममा संघका समीर बलामी, महासचिव रघुनाथ सापकोटा पूर्व अध्यक्ष विदुर गिरी, शान्ति प्रिय पत्रकार विजय रत्न तुलाधर, डब्बु क्षेत्री, जीवन पराजुली, दीपज्योति थापा संघका वर्तमान अध्यक्ष समीर बलामी लगायतको उपस्थिति रहेको थियो ।

 

चलचित्र पत्रकार संघ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिले गरेको यो पहिलो कार्यक्रम हो । महिला पत्रकारलाई हौसला प्रधान गर्न सम्मान कार्यक्रम आयोजना गरिएको संघकी महिला उपाध्याक्ष भट्टराईले बताइन् ।