२०८१ बैशाख ६ , बिहिवार

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाई हुने

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतले सुनुवाई गर्दै छ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकी लगायत २६ जनाले संयुक्त रुपमा मंगलबार रिट निवेदन दायर गरेका थिए । सोही मुद्दाको पहिलो पेसी आज १० बजेका लागि तोकिएको छ ।

 

वि.सं. २०७६ साल माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । साेही भिव्यक्तिलाई प्रमाणका रुपमा लिएर द्वन्द्वकालीन घटनाका पीडितहरूले मुद्दा दायर गरेका हुन् ।