२०८१ बैशाख ११ , मंगलबार

काठमाडौँबाट उडेको केही छिनमै आगो लागेपछि श्री एयरको जहाज आकस्मिक अवतरण

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेको छ । काठमाडौँ बाट उडेको केही छिनमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइको छ ।

 

तुरून्तै अवतरण गराइएकाेले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेकाे जनाइएकाे छ । श्री एयरको उडान नं ८२१ को जहाज काठमाडौँबाड उडेको केही छिनमै काठमाडौँ फिर्ता भएको छ । इन्जिनमा आगो लागेको देखिएपछि चालक दलका सदस्यहरुले त्रिभुवन विमानस्थलको टावरलाई जानकारी दिएका थिए । धादिङमाथिको आकाशमा पुगेपछि जहाज काठमाडौँमै फिर्ता भएको हाे ।

 

उडेको करिब २० मिनेटमा नै जहाज काठमाडौं फर्काइएको हाे । अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा केहीबेर अन्य उडान समेत प्रभावित भएका थिए ।