२०८१ बैशाख १३ , बिहिवार

निर्देशक सतीश कौशिकको निधन

सुनाखरी न्युज/ काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उनले सामाजिक सञ्जालमा राखेका थिए ।

 

परिवारसँग होली खेलिरहेका उनले असहज महशुश गरे पछि फरटिज अस्पतालमा भर्ना गरिएको थियो, उनले राती सदाका लागि संसार छाडेको भारतीय मिडियाले जनाएका छन । फिल्म समिक्षक तरुण आर्दशले आफनो टविटरमा उनको निधन भएको जनाउँदै लेखेका छन, ‘हृदय बिदारक !’अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको उल्लेख गरेका छन ।

 

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए । कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ बाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।