२०८१ बैशाख ८ , शनिवार

कुम्भेश्वरका पदक विजेता खेलाडीहरु वडा अध्यक्ष तामाङद्वारा सम्मानित

प्रविण थपलिया/ नुवाकोट । नुवाकोटमा मंगलवार सम्पन्न १२ औं राष्ट्रपति रनिङ प्रतियोगितामा शिवपुरी गाउँपालिकातर्फबाट सितोरियो कराते प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई शिवपुरी सात वडा अध्यक्ष वीरवहादुर तामाङले सम्मान गरेका छन्।

No description available.

११३औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार शिवपुरी ७ वडा कार्यलय सुनखानीमा आयोजीत कार्यक्रममा कुम्भेश्वर माविबाट सहभागी खेलाडी विद्यार्थीहरुलाई नगद सहित खादा ओढाएर सम्मान गरिएको छ। राष्ट्रपति रनिङ प्रतियोगितामा सितोरियो कराँते तर्फ कुम्भेश्वरका तीन जना छात्र र तीन छात्रा विद्यार्थीले पदक जितेका थिए। कक्षा ९ का छात्र राजेन्द्र तामाङले ५२ केजी तौल समूहमा स्वर्ण पदक तथा एकल कातामा रजत पदक हाँसिल गरी प्रदेश स्तरिय प्रतियोगितामा सहभागिताको लागि समेत छनौट भएका थिए । तामाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ प्रतियोगीता मा शिवपुरी गाउँपालिकावाट स्वर्ण पदक विजेता एकमात्र खेलाडी हुन्। त्यस्तै अनुसा तामाङ महिला तर्फ ५० केजी तौल समूहमा रजत, नबिन नेपाली ४७ केजी समुहमा कास्य ,आशिष बोहरा ४२ केजी समुहमा कास्य पदक, रोजिना सुनुवारले ४० केजी तौल समूहमा कास्य, ४५ केजी तर्फ बिपना बिसीले रजत पदक जितेकी थिइन्।

No description available.

कार्यक्रममा प्रशिक्षक शेखर थपलियाले छोटो समयमै उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गरेका थिए । सशस्त्र प्रहरीका पूर्व राष्ट्रिय खेलाडी तथा नेपालका उच्च अनुभवी प्रशिक्षक थपलिया गत महिनादेखि कुम्भेश्वर माविमा प्रशिक्षण गर्दै आइरहेका छन् ।११३औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शिवपुरी गाउँपालिका उपाध्यक्ष बीरबहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा सुनखानी महिला सञ्जाल ले साङ्गीतिक कार्यक्रमको आयोजना गरि मनाइएको थियो। कार्यक्रममा शिवपुरी ७ का वडा अध्यक्ष वीरबहादुर तामाङ , वडा सदस्य मनिष गोतामे , लगायतका सदस्यहरु, तथा सुनखानीका शिक्षक ,विद्यार्थी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमका वक्ताहरुले प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई प्रशंसा गरेका थिए ।

No description available.