२०८१ बैशाख ८ , शनिवार

राप्रपा भित्र आशाको दीप

गोपी ढकाल । दूर्दान्त भूत हरूको मुखमा फलामे बिर्को लगाउदै राप्रपा भित्र आशाको दीप प्रज्वलित बन्यो । हर हर महादेव १११ दूर्दान्त भूतहरूको चाहना थियो । राप्रपाको मुद्दा र एजेन्डामा खिया लगाउन सकौं , पार्टीलाई कमजोर बनाउनका लागि नेतृत्वको बदनाम गराउन सकौं , संगठित शक्ति तितरबितर गराउन सकौं र त्यसपछि हर्षले बढाई गर्दै रमाउन सकौ भन्ने चाहना राख्ने र तिनको गुद्वार लाई हरिद्वार भन्दै पूजागर्ने हरूमा आजको यो चट्टानी निर्णयले चीत्कार र आर्तनाद सुरू भएको हुनु पर्दछ ।

 

किनकि राष्ट्रपति निर्वाचनमा राप्रपाले कसैलाई पनि भोट नहाल्ने र तटस्थ बस्ने प्रथम ऐतिहासिक निर्णय गरि दूर्दान्त भूत हरूको मुखमा फलामे बिर्को लगाई दिएको छ । दूर्दान्त भूतहरू चाहन्थे —- राष्ट्रपति निर्वाचनमा सुपात्र हरूको बुद्धि बक्र भई कुपात्र बनुन र आशाको दीप निभोस अनि त्यो मौकामा छिरेर अरूले गरेको कर्मको रस आफुलाई पिउने अवसर मिलोस भन्दै नाना प्रपञ्चहरू रचना गर्दै बसेका थिए ।

 

हो, मान्छे बाट यदाकदा त्रुटि हुन सक्छ किनकि भगवान श्रीराम लाई सुनको मृग हुदैन भन्ने के ज्ञान थिएन ? त्यही त्रुटिका कारण रावणले सीता हरण गर्दा पत्नी वियोग सहदै बांदर संग मीत लगाउन पुग्नु पर्‍यो । महादेव लाई यो ब्रह्माण्डकै रचयिता मानिन्छ तर उनको पनि त्रुटिकै कारण आफ्नो छोरो गणेश लाई नचिनेर टाउको भस्म गरेपछि पश्चाताप गर्दै हात्तीको टाउको ल्याएर जोड्नु पर्‍यो ।