२०८१ बैशाख १२ , बुधवार

मोबाइल बैंकिङ एप एचआई–एमबि मार्फत स्मार्ट क्यूआर भुक्तानी गर्न हिमालयन बैंक र एससीटीको साझेदारी

सुनाखरी न्युज/ काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हिमालयन बैंकसँग स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालन गर्न सम्झौता गरेको छ।

मोबाइल बैंकिङ्ग एप एचआई–एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ। यसैगरी हिमालयन बैंकका मर्चेन्टले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तीय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

 

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विज्ञप्तिमा उल्लेख छ।