२०८० चैत्र १५ , बिहिवार

तोलामा १ हजारले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार रुपैयाँमा झरेको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।