२०८१ बैशाख ८ , शनिवार

एनआईसी एशिया बैंकद्वारा शुद्धोधन गाउँपालिकाका एक परिवारलाई दुर्घटना बीमा वापत १० लाख रूपैयाँ हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया बैंक(NICA)ले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रूपैयाँ उपलब्ध गराएको छ ।

 

यस बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीस्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाख रूपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख रूपैयाँ, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख रूपैयाँ र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रूपैयाँ बीमा रकम प्राप्त गरिसकेका छन् ।

 

यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाख रूपैयाँको दुर्घटना बीमा, ४० लाख रूपैयाँको घातक रोग बीमा र ४ लाख रूपैयाँसम्मको औषधि उपचार बीमा प्राप्त गर्छन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रूपैयाँसम्म र ओपीडी उपचारको लागि ८० हजार रूपैयाँसम्म प्राप्त गर्न सकिनेछ। एन आई सी एशिया बैंककाे मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल रहेकाे छ ।