२०८१ बैशाख ८ , शनिवार

बिपिडब्लु लघुवित्तको आईपीओमा २०७ गुणा बढी शेयर माग

सुनाखरी न्युज/ काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि आज २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १५ लाख भन्दा बढीको आवेदन परेको छ ।

 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५:०१ बजेसम्ममा १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७.१० गुणा बढी हुन आउछ । लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

 

त्यसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको ८० हजार ९५० कित्ता शेयर मात्रै वितरण हुनेछ । लघुवित्तको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्तााको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८ हजार ९५ जनाले मात्रै शेयर पाउनेछन् ।