२०८० चैत्र १६ , शुक्रवार

खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना : विज्ञ

सुनाखरी न्युज/ काठमाडौं । खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरुले वताएका छन् । काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मंगलवार गरको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरुल अहिलेको विश्वमा सतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको बिकल्प नरहेको उनीहको धारणा थियो ।

 

तर नेपालले विश्व व्यापार सगठनमा प्रवेश गरको दुई दशक वित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित निति लिनुपर्ने पनि औल्याए ।इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, वैगलोर अन्तरगत साउथ एसिया वोर्ड एकेडेमी अफ इन्टरनेशनल विजिनेका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैमा अवसर ल्याउँछ । ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिले प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,’ उनले भने । तर उनले नेपालले आफ्नै स्थायीय स्रोतमा आधारित उत्पादन वढाउनुपर्नेमा जोड दिए । ‘कुनैपनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ । व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धी हाँसल हुनसक्छन्,’ उनले भने ।

 

उनका अनुसार व्यापार विविधिकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटन लगायतका क्षेत्रमा काम गर्नसक्छ । भारतीय सरकारको पुर्व वाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउँने वताए । ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उनले भने । उनका अनुसार अहिलेको समयमा सतप्रतिशत आत्मनिर्भर असम्भव छ । ‘यही कारणले गर्दा खुला व्यापारको बिकल्प कम्तिमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन,’ उनले भने । अहिले विश्वमा बहुआयामिक आर्थिक संकटहरू देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको दावी छ ।

 

कारोना महामारी, रुस युक्रेन युद्ध, अमेरिका चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिदै जाने वताए । इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट उदइपुर का विजिनेश पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोज ले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौंला उद्योग हुने वताइन् । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनीहरु दृश्यमा वढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्वपूण हुने उनको धारणा थियो ।

 

 

‘आफ्नै र सिर्जनशील किसिमको उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन । ‘साना तथा मझौला उद्मीहरूका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायति बाटो लिनपर्छ ।’ काठमाडौ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको वताए । नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिवाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको वताए । यस्ता असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयका रुपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौं । अझै नयाँ युगको आवश्यकता अनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौं,’ उनले भने ।

 

डब्लु टि ओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने वताए । सोही मुताविक नेपालमा पनि डब्लु टि ओ चेयरस प्रोगाम कार्यान्वयन भइरहेको उनले वताए । काठमाडौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लु टि ओ चेयरस प्रोगाम–नेपालका अध्यक्ष प्रोफेसर डा. देवी प्रसाद बेडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौति पनि रहेको वताए । ‘हामी अझै सिर्जनसील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगिककरण कमजोर छ अनि उपयुक्त शिक्षा तथा तालिम, बजार अनुसारको सीप विकास गर्नुपर्ने जस्ता थुप्रै चुनौति छन्,’ उनले भने। ‘डब्लु टि ओ चेयरस प्रोगाम अन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यावाहरिक कामहरू हुनेछन्।’

 

काठमाडैो विश्वविद्यालयका रजिष्ट्रार तथा डब्लु टि ओ चेयरस प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भईरहेकोले व्यापार विविधिकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने वताए । ठूला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पुरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रुपमा उपयोग गरेकाले व्यापार विविधिकरण महत्वपूर्ण रहेको उनको भनाई थियो । वस्तु निर्यातमा कमजोर रहँदारहदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनको भनाई थियो । ‘उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाइ सेवामा नेपाल खुद आयातकर्ता हो ।’

 

उनले सन् २००४ मा नेपाल विश्व व्यापर संगठनमा आवद्ध भएपछि निर्यात वढाउन अपनाईएका धेरै नीतिहरु असफल रहेको वताए । यी निीतिहरु उत्पादकत्व वढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्यहारिक अनुसन्धान आवश्यक हुने वताए । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तराष्ट्रिय सम्मेलन वुधवारसम्म चल्नेछ ।