२०८१ बैशाख १४ , शुक्रवार

रेडियो जननीको दशौँ वार्षिकोत्सव बुधवार, जननी अवार्ड र सम्मान प्रदान गरिदै

सुनाखरी न्युज/ पोखरा । पद्मावती मिडिया प्रालिद्धारा सञ्चालित रेडियो जननी ९०.६ बुधबारदेखी नवौँ बर्ष पूरा गरि १० औँ बर्षमा प्रवेश गर्दैछ । रेडियोले १ सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन फागुन २४ गते बुधबार आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा ३ कर्मठ नारीहरुलाइ जननी अवार्ड, पध्मवती अवार्ड र स्याबी अवार्डले सम्मान गर्दै छ ।

कार्यक्रम फाल्गुन २४ गते बुधबार माउन्ट कैलास रिसोर्टमा दिनको ठिक १ बजे बाट हुने छ । वार्षिकोत्सव समारोहको उद्घाटन पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले गर्नुहुने छ । उक्त अवसरमा उपमेयर मञ्जुदेवी गुरुङ, महानगरका ३३ वटै वडाका वडाध्यक्षहरु र चार वटै गाउँपालिकाका उपाध्यक्षहरुको उपस्थिति रहने भएको छ ।

 

सोही दिन उद्यमशिलता सम्बन्धी अभिमुखीकरण तथा मानव अधिकारका लागि कानुनी सचेताना कार्यक्रम पनि आयोजना हुने छ । कानुनी सचेतनाका लागि प्रहरी कार्यालय कास्कीले सहजीकरण गर्ने छ भने उद्यमशिलताको लागि तालिम परामर्शदाता भक्तराज रसाईलीले सहजीकरण गर्नुहुने छ । कार्यक्रम सम्पन्न गर्नका लागि रेडियो जननीका निवर्तमान अध्यक्ष सविता शेरचनको संयोजकत्वमा वार्षिकोत्सव मुल समारोह समिति गठन गरिएको छ । शेरचनले समाजमा उद्यमशीलतालाई अगाडी बढाउने र फरक खालको भुमिका निर्वाह गर्ने सोचका साथ अगाडि बढीरहेको रेडियोले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।