२०८१ बैशाख १४ , शुक्रवार

लक्ष्मी क्यापिटलले शैलेश्वरी पावर नेपाल प्रा.लि को संस्थागत परामर्शदाताको कार्य गर्ने

सुनाखरी न्युज/ काठमाडौं । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रा.लि. बीच सम्झौता भएकोे छ ।

 

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गर्नुभएको छ । शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्र्नेछ ।

 

डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका स्थित शैलेश्वरी पावर नेपाल प्रा.लि. प्रवद्र्धक निर्माणाधिन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।